नेभिगेशन
सशस्त्र प्रहरी

१८ लाख बढीको चोरी पैठारीको अवैध सामान बरामद

काठमाडौं । । सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले १८ लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको अवैध चोरी पैठारीका सामान बरामद गरेको छ।

सशस्त्र प्रहरी बल, नेपाल नं ८ गण हेडक्वार्टर धनुषा तथा मातहतका सुरक्षा वेशबाट खटिएको टोलीले नेपाल प्रहरीसँगको संयुक्त सहकार्यमा विशेष सूचनाका आधारमा क्षिरेश्वरनाथ नगरपालिका–५, सिन्धुली टोलस्थित एक घरमा खानतलासी गरेको थियो।

खानतलासीका क्रममा इलेक्ट्रिक सामान, पम्पकिन सिड, किराना सामग्री, प्रतिबन्धित पटाकालगायतका विभिन्न सामान बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

बरामद सामानको कुल मूल्य १८ लाख १६ हजार १२० रुपैयाँ रहेको छ। बरामद सामग्री आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्