नेभिगेशन
सशस्त्र प्रहरी

सशस्त्र प्रहरी इन्स्पेक्टरको अन्तिम नतिजा सार्वजनिक (नतिजासहित)

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदको अन्तिम नतिजा सार्वजनिक गरेको छ।

सशस्त्र प्रहरी बलले विज्ञापन नं. ०७(८२-८३) अन्तर्गत २०८२ पुस ४ गते प्रकाशित विज्ञापनअनुसार खुला प्रतियोगिताबाट पदपूर्ति गरिने साधारण समूह, साधारण उपसमूहतर्फको सशस्त्र प्रहरी निरीक्षक पदको अन्तिम नतिजा सार्वजनिक गरेको हो।

आई.क्यू.परीक्षा, लिखित परीक्षा, गुणमापक परीक्षा, शैक्षिक योग्यताबापत प्राप्त अङ्क र अन्तर्वार्ता परीक्षामा प्राप्त गरेको कुल अङ्कका आधारमा उम्मेदवारहरूको योग्यताक्रम निर्धारण गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

अन्तिम नतिजामा योग्यताक्रम कायम भएका दर्ता नम्बर तथा नामथर भएका उम्मेदवारहरू उत्तीर्ण भएको भन्दै सशस्त्र प्रहरीले सम्बन्धित सबैको जानकारीका लागि सूचना प्रकाशित गरेको जनाएको छ।

उत्तीर्ण उम्मेदवारहरूको सिट्रोल किताब भर्ने सम्बन्धी सूचना आज  प्रकाशन गरिने पनि सशस्त्र प्रहरीले जनाएको छ।

यस्तो अन्तिम नतिजा-

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्