नेभिगेशन
सशस्त्र प्रहरी

५० लाखभन्दा बढीका मोबाइल पार्ट्ससहित दुईवटा मोटरसाइकल सशस्त्र प्रहरीको नियन्त्रणमा

काठमाडौं । सशस्त्र प्रहरीले  ५० लाख रुपैयाँभन्दा बढी मूल्यका मोबाइलका पार्ट्स बरामद गरेको छ।

विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल, नेपाल नं. ११ गण हेडक्वार्टर र गौर भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले गौर नगरपालिका–४, टिकुलियास्थित एक घरमा खानतलासी गरेको थियो।

खानतलासीका क्रममा बेवारिसे अवस्थामा लुकाइछिपाइ राखिएको रु.५० लाख १४ हजार ५ सय मूल्य बराबरका मोबाइलका पार्ट्स तथा दुई थान मोटरसाइकल बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

बरामद सामान तथा मोटरसाइकल आवश्यक कारबाहीका लागि आज सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्