नेभिगेशन
सशस्त्र प्रहरी

लाखौं रुपैयाँको अवैध सामान सशस्त्र प्रहरीको नियन्त्रणमा

काठमाडौं । सशस्त्र प्रहरीले भन्सार छली नेपाल भित्र्याइएका १३ लाख रुपैयाँभन्दा बढी मूल्यका सामान बरामद गरेको छ।

सशस्त्र प्रहरी बल, नेपाल नं. ३ गण हेडक्वार्टर कंकालिनी मोरङ र सीमा सुरक्षा गुल्म हेडक्वार्टर रानीबाट खटिएको संयुक्त टोलीले 

भारतबाट भन्सार छली नेपालतर्फ ल्याउँदै गरेका लत्ताकपडा, कस्मेटिक सामान तथा अटो लगायतका सामग्री बरामद गरेको हो।

बरामद गरिएका सामानको कुल मूल्य १३ लाख ३५ हजार ५ सय २५ रुपैयाँ रहेको सशस्त्र प्रहरीले जनाएको छ।
बरामद सामान आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्