नेभिगेशन
सशस्त्र प्रहरी

बाढीले पुरिएको घरबाट १५ तोला सुन र ४ लाख रुपैयाँ फेला, घरधनीलाई बुझाइयो

रनुवाकोट । बाढीले पुरिएको घर उत्खनन गर्ने क्रममा नुवाकोटमा सशस्त्र प्रहरीले सुन, चाँदी र नगद रकम फेला पारेर सम्बन्धित घरधनीलाई बुझाएको छ।

विदुर नगरपालिका–१ स्थित त्रिशूली बजारमा बाढीले पुरिएको घरमा उत्खनन गर्ने क्रममा सशस्त्र प्रहरी बल, नेपाल नं.१९ गुल्म नुवाकोटबाट खटिएको टोलीले  आज अन्दाजी १५ तोला सुन, ६ तोला चाँदी र नगद ४ लाख रुपैयाँ फेला पारेको सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको  छ।

फेला परेको सुन, चाँदी तथा नगद रकम स्थानीयवासीको रोहबरमा सम्बन्धित घरधनीलाई हस्तान्तरण गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्