नेभिगेशन
नेपाल प्रहरी

भन्सार छलीका दुई लाख बढीका सामान नवलपरासीबाट बरामद

नवलपरासी । नवलपरासी(बर्दघाट–सुस्ता पश्चिम) प्रहरीले विभिन्न स्थानबाट भन्सार छली तथा चोरी–निकासी गरी ल्याइएका दुई लाख रुपैयाँभन्दा बढीका सामान बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी र मातहतका प्रहरी इकाइबाट खटिएको टोलीले जिल्लाका विभिन्न स्थानमा चेकजाँच गर्ने क्रममा अवैध रूपमा भन्सार छली गरी ल्याइएका २ लाख ६३० रुपैयाँ बराबरका सामान नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार बरामद सामानमा ८ पिस सर्टको कपडा, २२ पिस साडी, ६ पिस हाफ टिसर्ट, ३ पिस ठूलो साडी र ५० किलो चिनी गरी ४० हजार रुपैयाँ बराबरका सामान छन्।

त्यस्तै, १४२ पिस जिन्स कुर्ता, ३० पिस एलईडी बल्ब, २४ पिस तात्त्वा र १२ सेट बर्‍सल बोल्टलगायतका सामान ४० हजार ७० रुपैयाँ बराबरको रहेको प्रहरीले जनाएको छ।

यसैगरी २१० पिस मोबाइल कभर तथा किराना सामान गरी ६४ हजार ५६० रुपैयाँ र १४ कार्टुनमा रहेका करिब १ हजार १२० वटा कुखुराका चल्ला ५६ हजार रुपैयाँ बराबरका रहेका छन्।

बरामद सामान आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्