नेभिगेशन
भ्रष्टाचार

मालपोत कार्यालयमा अख्तियारको छापा, २ लाख नगदसहित मुद्दा फाँटका नासु पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालयमा छापा मारेको छ। आज बिहान अघि अख्तियारको टोलीले मालपोत कार्यालय काभ्रे छापा मारेको हो।

काठमाडौंको टंगालस्थित केन्द्रिय कार्यालयबाट गएको अख्तियारको टोलीले मालपोत कार्यालयमा काभ्रे धुलिखेलमा छापा मारेर एक कर्मचारीलाई २ लाख नगदसहित पक्राउ गरेको छ।

अख्तियारले २ लाख रुपैयाँ नगदसहित मुद्दा फाँटका नायब सुब्बा (नासु) ज्ञानेन्द्र भण्डारीलाई नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्