नेभिगेशन
भ्रष्टाचार

लेखा अधिकृत कार्की १ लाख रुपैयाँ घुससहित रङ्गेहात पक्राउ

सुर्खेत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ लाख रुपैयाँ घुससहित एक जना  लेखा अधिकृतलाई पक्राउ गरेको छ। 

अख्तियारका अनुसार घुससहित पक्राउ पर्नेमा दैलेखको डुंगेश्वर गाउँपालिकाका लेखा अधिकृत (सातौँ) टंकबहादुर कार्की  रहेका छन् । लेखा अधिकृत कार्कीलाई सुर्खेतस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले वीरेन्द्रनगरबाट गए राति पक्राउ गरेको हो।

लेखा अधिकृत कार्कीलाई सेवाग्राहीबाट १ लाख रुपैयाँ घुस लिँदै गरेको अवस्थामा  रङ्गेहात पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतले जानकारी दिएको छ। 

१ लाख घुससहित पक्राउ परेका लेखा अधिकृत कार्कीलाई हिरासतमा लिएर थप अनुसन्धान अगाडि बढाइएको र थप जानकारी अनुसन्धानबाट खुल्दै जाने अख्तियार सुर्खेतले जनाएको छ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्