नेभिगेशन
भ्रष्टाचार

स्वास्थ मन्त्रीमा सिफारिस संगीता मिश्राको नाम होल्डमा, उनीमाथि लागेको छ भ्रष्टाचारको आरोप

काठमाडौं ।  सुशिला कार्की नेतृत्वको अन्तरिम सरकारको स्वास्थ्य मन्त्रीका लागि नाम सिफारिस भएकी डा. संगीता मिश्राको नाम होल्डमा राखिएको छ।

संगीताविरुद्ध लागेको भ्रष्टाचार आरोपको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन पनि गरिरहेको पाइएपछि प्रधानमन्त्री कार्कीले उनको नाम होल्डमा राखेकी हुन् ।

प्रधानमन्त्री कार्कीले स्वास्थ्य मन्त्रालयकै पूर्वअतिरिक्त सचिव संगीताको नाम स्वास्थ्य मन्त्रीको रुपमा राष्ट्रपति समक्ष सिफारिस गरेकी थिइन् । तर, प्रधानमन्त्री कार्कीले संगीता ‘विवादित पात्र’ भएको सूचना पाएपछि  ‘होल्ड’ गर्न भनेको राष्ट्रपति कार्यालय स्रोतले जानकारी दिएको छ ।

संगीताले मन्त्रीका लागि सिफारिस हुन अतिरिक्त सचिवबाट राजीनामा दिएकी थिइन् 

 

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्