नेभिगेशन
भ्रष्टाचार

लाइसेन्स काण्ड: यातायातका कर्मचारी र ट्राफिक प्रहरीका २ दर्जन मोबाइल अख्तियारको कब्जामा

काठमाडौं ।  ड्राइभिङ लाइसेन्स वितरणमा अनियमितता भएको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात कार्यालयमा छापा मार्दै ट्राफिक प्रहरीसहित  यातायात कार्यालयका १७ र  ड्राइभिङ सेन्टरका कर्मचारीको २५ थन्न मोबाइल र कागजात  नियन्त्रणमा लिएको छ।

अख्तियारले यातायात व्यवस्था कार्यालय चाबहिलमा छापा मार्दै यातायात  प्रमुख पेशलकुमार पोखरेलसहित १७  जनाको मोबाइल एकैसाथ नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको जानकारी दिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार रामशाहपथमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका कार्यरत रहेर  ड्राइभिङ लाइसेन्स परीक्षामा खटिएका असई डोरहरि नेपालसहित ३ जनाको मोबाइल पनि जफत गरिएको छ।

त्यसैगरि , नेपाल ड्राइभिङ एन्ड रिकन्डिसन सेन्टर प्रालिका मेनेजर बालकृष्ण सिंहसहित ७ जनाबाट ९ थान मोबाइल फोन बरामद गरिएको अख्तियार स्रोतले जनाएको छ।

अनुसन्धानका क्रममा लिखित परीक्षामा असफल भएको मितिले ३ महिना पूरा नहुँदै पुनः परीक्षामा सहभागी गराइएका परीक्षार्थीहरूको उत्तरपुस्तिकासमेत अख्तियारले नियन्त्रणमा लिएको छ।

प्रारम्भिक अनुसन्धानमा कर्मचारी र ट्राफिक  प्रहरीबीच मिलेमतो गरी पाँच हजारदेखि दस हजार रुपैयाँसम्म असुली गरेर लिखित परीक्षामा फेल भएका परीक्षार्थीलाई पास गराइने गरेको पाइएको छ। यही शंकाको आधारमा अख्तियारले डिजिटल प्रमाण संकलनका लागि मोबाइल फोन जफत गरी विस्तृत अनुसन्धान अघि बढाएको जनाएको छ।

अख्तियारले यस प्रकरणमा संलग्न अन्य व्यक्ति र सञ्जालबारे पनि अनुसन्धान तीव्र बनाएको जानकारी दिएको छ

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्