नेभिगेशन
फोटो ग्यालरी

ईद उल फित्रको शुभकामना दिंदै प्रहरी निरीक्षक

बाँके । आज मनाइँदै गरेको ईद उल फित्रमा बाँकेको रनियापुरस्थित जामा मस्जिदमा विशेष नमाज तथा शुभकामना आदानप्रदान गरिएको छ।

यस अवसरमा इलाका प्रहरी कार्यालय धनौली, खजुरा बाँकेका प्रहरी निरीक्षक नवीन चापागाईंले मस्जिद पुगेर मुस्लिम समुदायलाई ईद उल फित्रको शुभकामना व्यक्त गरेका छन्। कार्यक्रममा स्थानीय बासिन्दाको उत्साहजनक सहभागिता देखिएको थियो।

बाँकेको रनियापुर क्षेत्रमा मुस्लिम समुदायको ठूलो बसोबास रहेको छ, जहाँ करिब २००० घरधुरी रहेका छन्।

प्रतिक्रिया दिनुहोस्