नेभिगेशन
सुरक्षा विशेष

नक्कली भुटानी शरणार्थी प्रकरण: एमाले उपाध्यक्ष बादल पुत्र पक्राउ

काठमाडौँ । पूर्व गृहमन्त्री एवम् नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतीक थापा पक्राउ परेका छन् ।उनलाई सीआईबीको टोलीले बौद्धबाट शुक्रबार साँझ पक्राउ गरेको हो । नक्कली भुटानी शरणार्थी प्रकरणमा पतीक लामो समयदेखि फरार थिए ।

प्रतीकलाई आफ्नै निवासमा आएको बखत पक्राउ गरिएको हो । निमित्त प्रहरी महानिरीक्षक (एआईजी) दीपक थापाले उनी पक्राउ परेको पुष्टि गरेका छन् ।

प्रतीकलाई महानगरीय प्रहरी परिसरको हिरासतमा लगिएको छ । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन गरिएको अपराध अभियोगमा गत वर्ष सरकारी वकिलको कार्यालय काठमाडौँले थापालाई फरार सूचीमा राखेको थियो ।

रामबहादुर थापा गृहमन्त्री भएका बखत बिचौली र गृह मन्त्रालयकै कर्मचारीहरुसँग मिलेर प्रतीकले शरणार्थी प्रकरणमा रकम असुली गरेको आरोप छ ।

२०७९ चैतमा शरणार्थी प्रकरणका केही आरोपित पक्राउ परेपछि थापा फरार थिए । २०८० बैशाख २१ मा प्रेस विज्ञप्ति जारी गरी प्रतीकले आफू यसमा संलग्न नरहेको भन्दै अनुसन्धानलाई सघाउने बताएका थिए ।

तर प्रहरी अनुसन्धानकै क्रममा उनी फरार थिए । थापाकै सुरक्षा सल्लाहकार इन्द्रजीत राई, टोपबहादुर रायमाझी लगायतका सो प्रकरणमा थुनामा रहेका छन् भने राईका छोरा निरज राई अहिले पनि फरार रहेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा विशेष
'बाँकेमा सुरक्षा संयन्त्रको सक्रियता: आम जनताको भरोसाको आधार'

'बाँकेमा सुरक्षा संयन्त्रको सक्रियता: आम जनताको भरोसाको आधार'

"विशेषगरी सीमा क्षेत्र तथा संवेदनशील स्थानहरूमा हुने गतिविधिबारे समयमै सूचना प्रवाह गरेर सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन राष्ट्रिय अनुसन्धानको भूमिका उल्लेखनीय रहँदै आएको छ।"