नेभिगेशन
अन्तर्राष्ट्रिय सुरक्षा

'अपरेशन सिन्दूर' भारतले गर्‍यो पाकिस्तानमा मिसाइल आक्रमण,३० जनाको मृत्यु

काठमाडौं । भारतले 'अपरेशन सिन्दूर' नाम दिंदै पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मिरका आतंकवादी क्षेत्रलाई लक्षित गर्दै भीषण मिसाइल आक्रमण गरेको छ।

कश्मिरस्थित पहलगाम आक्रमणको १५ दिनपछि   भारतीय सेनाले ‘अपरेशन सिन्दूर’ आक्रमण गरेको हो।

पाकिस्तान र पाकिस्तान अधीनस्थ कश्मीरमा रहेका ९ आतङ्कवादी अड्डाहरूमा भारतले आज एकाबिहानै  १ बजे हवाई हमला गरेको छ । भारतको सेनाले बहावलपुर, मुरिदके, बाग, कोटली र मुजफ्फराबादमा 'अपरेशन सिन्दूर' अन्तर्गत आक्रमण गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाले जनाएका छन् ।

पाकिस्तानबाट प्राप्त स्थानीय रिपोर्ट अनुसार, बहावलपुरमा भएको हवाई आक्रमणमा परी ३० जनाको मृत्यु भारतीय सञ्चार माध्यम दैनिक भास्करले जनाएको छ । 

पाकिस्तानले आक्रमणमा तीन बालबालिकासहित सात जनाको ज्यान गएको बताएको छ । पाकिस्तानी सूचना मन्त्री अतुल्लाह तरारले भारतले सीमा नै पार गरेको प्रतिक्रिया दिँदै यसको प्रतिकार गर्ने चेतावनी दिएका छन्। 

गत  २२ अप्रिलमा जम्मु–कश्मिरको पहलगाममा पर्यटकहरूमाथि भएको हमलापछि तनावपूर्ण भएको छ । सो हमलामा एक नेपालीसहित २६ जनाको मृत्यु भएको थियो । 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्