नेभिगेशन
अन्तर्राष्ट्रिय सुरक्षा

पाकिस्तानको जवाफी आक्रमणमा ३ भारतीय नागरिकको मृत्यु

काठमाडौं । भारतले गए राति पाकिस्तानमा आक्रमण गरे लगत्तै पाकिस्तानले पनि आज बिहान भारतको कश्मिर सीमामा जवाफी आक्रमण गरेको छ। 

पाकिस्तानी सेनाले गरेको आक्रमणमा ३ जना भारतीय नागरिकको मृत्यु भएको छ। पाकिस्तानी सेनाको आक्रमणमा ३ जना नागरिकको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्थाले जनाएका छन् ।

अन्तर्राष्ट्रिय समाचार संस्थाले दिएको जानकारी अनुसार पाकिस्तानी सेनाका लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीले पाकिस्तानले पनि भारतीय आक्रमणको निर्णायक जवाफ दिने पूरा अधिकार राख्ने बताएका छन् ।

 भारतले आज एकाबिहानै साढे १ बजे अपरेशन सिन्दूर नाम दिदै गरेको मिसाइल आक्रमणमा ३० पाकिस्तानी नागरिकको मृत्यु भएको थियो।

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्