नेभिगेशन
अन्तर्राष्ट्रिय सुरक्षा

गौरीकुण्ड हेलिकप्टर दुर्घटनामा पाइलटसहित ७ जनाको मृत्यु

काठमाडौँ ।  गौरीकुण्डमा हेलिकप्टर दुर्घटना हुँदा  ७ जनाको मृत्यु भएको छ। भारतरको केदारनाथ नजिकै गौरीकुण्डमा स्थानीय समयअनुसार  आज बिहान करिब ५ः२० बजे भएको दुर्घटनामा पाइलटसहित सवार सबै ७ जनाको मृत्यु भएको  भारतीय समाचार माध्यम टाइम्स अफ इन्डियाले जनाएको छ । मृत्यु हुनेमा एक बच्चा पनि रहेको बताइएको छ।

हेलिकप्टर केदारनाथ मन्दिरबाट भक्तजनहरूलाई बोकेर गौरीकुण्ड उडेको थियो। प्रारम्भिक जानकारीमा दुर्घटनाको कारण खराब मौसमलाई बताइएको छ। हेलिकप्टर आर्यन एभिएसन कम्पनीको हो ।

उत्तराखण्ड नागरिक उड्डयन विकास प्राधिकरणका अनुसार हेलिकप्टरमा सवार यात्रुहरू उत्तराखण्ड, उत्तर प्रदेश, महाराष्ट्र र गुजरातका हुन् ।  दुर्घटनाको बारेमा उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले रुद्रप्रयागमा हेलिकप्टर दुर्घटना भएको बारेमा दुखद खबर प्राप्त भएको बताउँदै स्थानीय प्रशासन र अन्य उद्धार टोलीहरू राहत र उद्धार कार्यमा संलग्न रहेको बताएका छन् । 

८ दिन अगाडि रुद्रप्रयागमा एउटा हेलिकप्टर सडकमा आपतकालीन अवतरण गरिएको थियो। गत जुन ७ मा उत्तराखण्डको रुद्रप्रयागमा प्राविधिक गडबडीका कारण हेलिकप्टर सडकमा आपतकालीन अवतरण गरिएको थियो । 

यस क्रममा कारमा खस्ने बित्तिकै हेलिकप्टरको पछाडिको भाग भाँचिएस्को थियो । कार पनि पूर्ण रूपमा क्षतिग्रस्त भएको थियो । 

राजमार्गमा बनेको पसलको टिन शेड पनि हेलिकप्टरको पंखाले उडाएको थियो। यस क्रममा पसलमा बसिरहेका मानिसहरू भागेर आफ्नो ज्यान बचाउन सफल भएका  थिए ।गत मे महिनामा मात्रै भारतमा दुई ओटा हेलिकप्टर दुर्घटना भएका थिए । जहाँ ८ मेमा उत्तर काशीमा ६ जनाको मृत्यु भएको थियो । 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्