नेभिगेशन
अन्तर्राष्ट्रिय सुरक्षा

इजरायलले इरानमाथि हमला गरेकै अवस्थामा अमेरिकाले पनि गर्‍यो इरानमाथि आक्रमण

काठमाडौँ । इजरायलले इरानमाथि हमला (आक्रमण ) गर्दै गर्दा अमेरिकाले पनि इरानमाथि आक्रमण  गरेको छ।  अमेरिकाले इरानको  तीन वटा आणविक साइटमा आक्रमण  गरेको छ ।

इरानको ३ प्रमुख आणविक साइटहरूमा सफल हवाई हमला  सम्पन्न गरेको  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका बताएका छन् ।

अमेरिले इरानको फोर्डो , नतान्ज  र इस्फहान स्थित आणविक केन्द्रहरूमा बम आक्रमण गरेको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् । अमेरिकाले इरानका ३ आणविक साइटहरूमा निकै सफल आक्रमण सम्पन्न गरेसँगै अमेरिकी सबै लडाकु विमानहरू इरानको आकाशबाट बाहिर निस्किएको अमेरिकी राष्ट्रपति ट्रम्पले बताएका हुन् ।

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्