नेभिगेशन
अन्तर्राष्ट्रिय सुरक्षा

नाइट क्लबमा भीषण आगलागी,२३ जनाको मृत्यु

काठमाडौं । भारतको गोवास्थित आरपोरा क्षेत्रमा रहेको एक प्रसिद्ध नाइट क्लबमा गए राति  भएको विनाशकारी आगलागीमा कम्तीमा २३ जनाको ज्यान गएको छ। प्रारम्भिक जानकारीअनुसार अधिकांश पीडित क्लबका कर्मचारी रहेकाछन्, तर केही पर्यटक पनि मृतकमध्ये परेको पुष्टि अधिकारीहरूले गरेका छन्।

गोवा प्रहरीका अनुसार बागा समुद्र तट नजिकै रहेको ‘बर्च बाई रोमियो लेन’ क्लबको भान्सा क्षेत्रमा ग्यास सिलिन्डर विस्फोट भएपछि आगलागी सुरु भएको मानिएको छ। गोवाका प्रहरी महानिर्देशक आलोक कुमारले आगो मुख्यतया भुइँतल्लामा सीमित रहेको र नियन्त्रणमा लिइएको बताए।

भान्सा वरपर धेरै शवहरू फेला परेपछि कर्मचारीहरू नै बढी प्रभावित भएको संकेत मिलेको प्रहरीले जनाएको छ। घटनाबारे प्रारम्भिक विवरण दिँदै मुख्यमन्त्री प्रमोद सावन्तले तीन जनाको जलेर र अरूको धुवाँ निसास्सिएर मृत्यु भएको जानकारी दिए। उनका अनुसार तीनदेखि चार जना पर्यटक पनि मृतकमध्ये परेको अनुमान छ, तर उनीहरूको राष्ट्रियता र उमेर खुल्न बाँकी छ।

आगलागीको कारणबारे औपचारिक छानबिन सुरु गरिएको भन्दै मुख्यमन्त्रीले दोषीमाथि कडा कारबाही हुने चेतावनी दिएका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्