नेभिगेशन
विपद्

भोटेकोशी बाढीमा हालसम्मको मानवीय क्षति: १२ सय ४ जनाको मृत्यु, ४ हजार २१६ सम्पर्कविहीन

काठमाडौं रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण हालसम्म १ हजार २०४ जनाको मानवीय क्षति भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार भदौ १७ गते साँझ ६ बजेसम्म विभिन्न स्थानबाट उक्त संख्यामा शव फेला परेको हो ।

फेला परेका शवमध्ये जिल्लागत विवरणअनुसार रसुवामा ११५, नुवाकोटमा १५५, धादिङमा ६०, नवलपरासी पूर्वमा २१७, नवलपरासी पश्चिममा २०२, गोरखामा ६९, चितवनमा ३४८ र तनहुँमा ३८ जनाको शव फेला परेको छ । 

त्यसैगरि, फेला परेका शवहरुमध्ये ९५ जनाको सनाखत भई परिवारले बुझेर लिएको प्राधिकरणले जनाएको छ।

बाढीपछि अझै ४ हजार २१६ जना सम्पर्कविहीन रहेका छन् । सम्पर्कविहीन हुनेमा नेपाली सेनाका ४५, नेपाल प्रहरीका २५, सशस्त्र प्रहरी बल नेपालका १३, भन्सार कार्यालयका १४, अध्यागमन कार्यालयका ३, रसुवाका करिब ६६५ र नुवाकोटका करिब १ हजार ५५८ जना रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

त्यस्तै, विदेशी नागरिक ५८३ जना, विदेशी पर्यटकसँगै  गएका नेपाली १६४ जना, जलविद्युत् आयोजनासँग सम्बन्धित करिब ९ सय जना, लाङटाङ राष्ट्रिय निकुञ्जका ३ जना, क्वारेन्टाइन कार्यालयका ३ जना, जनप्रतिनिधि ७ जना, ३२ जना  स्थानीय तहअन्तर्गतका कर्मचारी  तथा निजी विद्यालयका १ शिक्षक जना सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ।

बाढीमा हालसम्म ३०९ जना घाइते भएका छन्। तीमध्ये विभिन्न अस्पतालबाट १९५ जना डिस्चार्ज भइसकेका छन् प्राधिकरणले जानकारी दिएको छ।

यस्तो छ प्राधिकरणले उपलब्ध गराएको विवरण-

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्