नेभिगेशन
नेपाल प्रहरी

१८ वर्ष जेल सजाय पाएका चौधरी कारागारबाट भागेको महिनौँपछि पक्राउ

काठमाडौँ । जबरजस्ती करणी मुद्दामा दोषी ठहर भई १८ वर्ष जेल सजाय पाएका फरार प्रतिवादीलाई प्रहरीले रुपन्देहीबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कपिलवस्तुको वाणगंगा नगरपालिका–१०, भावपुरका २४ वर्षीय विष्णु चौधरी रहेका छन् । उनलाई रुपन्देहीको मायादेवी गाउँपालिका–८ बाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

चौधरी २०८२ भदौ २५ गते तौलिहवा कारागारबाट फरार भएका थिए । पक्राउपछि उनलाई आवश्यक कारबाहीका लागि कारागार कार्यालय तौलिहवा पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्