नेभिगेशन
नेपाल प्रहरी

ललितपुरको रेस्टुरेन्टमा इन्जिनियरिङ पढ्ने विद्यार्थीको चक्कु हानेर हत्या, ३ जना पक्राउ

काठमाडौं । ललितपुरस्थित हिमालय कलेजमो बीई चौथो सेमेस्टरमा इन्जिनियरिङ पढ्दै गरेका एक जना विद्यार्थीको चक्कु प्रहारबाट हत्या भएको छ। 

ललितपुरको च्यासलस्थित द टाउन क्याफेमा  सामान्य विवाद हुँदा रेस्टुरेन्टकै कर्मचारीले सुनसरी घर भएका २३ वर्षीय नयन गुरुङलाई चक्कु प्रहार गरेर हत्या गरेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ।

साथीहरुसँग गए राति  रेस्टुरेन्टमा आएका नयनलाई डडेलधुरा घर भएका रेस्टुरेन्टका २६ वर्षीय कर्मचारी हेमराज भट्टले चक्कु प्रहार गरेर हत्या गरेको ललितपुर प्रहरी परिसरले जानकारी दिएको छ।

बिल तिर्ने बेला डिस्काउन्ट माग्ने क्रममा विवाद हुँदा हेमराजले एकाएक नयनमाथि काउन्टरमा रहेको चक्कु प्रहार गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। चक्कु प्रहार गरेर नयनको हत्या गर्ने हेमराजलाई प्रहरीले तत्कालै साढे ९ बजे राति पक्राउ गरेको ललितपुर प्रहरीले जानकारी दिएको छ।

ललितपुर प्रहरीले घटनाबारे थप अनुसन्धान अगाडि बढाएको जनाएको छ भने प्रहरीले हेमराजसँगै काभ्रेका २२ वर्षीय जनक तामाङ र दार्चुलाका ४१ वर्षीय पदमलाल भट्टलाई पनि पक्राउ गरेको छ। 

 

 

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्