नेभिगेशन
नेपाल प्रहरी

पेस्तोलसहित ४४ वर्षीय मन कुमार पक्राउ

काठमाडौं । प्रहरीले कटुवा पेस्तोलसहित ४४ वर्षीय पुरुषलाई पक्राउ गरेको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार पक्राउ पर्नेमा झापाको भद्रपुर नगरपालिका-६ वधशाला डेरा बस्ने हल्दिबारी गाउँपालिका-५ घर भएका ४४ वर्षीय मन कुमार लिम्बु रहेका छन् । 

वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको टोलीले मन कुमारको कोठा तलासी गर्दा एक थान पेस्तोल फेला पारी उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्