नेभिगेशन
नेपाल प्रहरी

डाक्टर हुँ भन्दै बेहोस बनाएर गहना र लाखौं रुपैयाँ लूटपाट गर्ने व्यक्ति पक्राउ

काठमाडौं । डाक्टर हुँ भन्दै सामाजिक सन्जाल फेसबुक मार्फत साथी बनाएर ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

डाक्टर हुँ भन्दै बेहोस बनाएर विभिन्न गरगहना र नगद लूटपाट गरेको उजुरीका आधारमा खोजतलासमा खटिएको उपत्यका अपराध अनुसन्धानकार्यालयको टोलीले नुवाकोटको पञ्चकन्या गाउँपालिका- ४ आरुखर्कका जितेन्द्र मण्डललाई पक्राउ गरेको छ।

अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यका अनुसार मण्डलले फेसबुकबाट साथी बनाउदै आफू डाक्टर भएको र सुगर रोगीको उपचार गर्छु भन्दै औषधि खुवाई बेहोस बनाई कोठा भित्र रहेका  सुन तथा चाँदीका गरगहनासहित ३ लाख रुपैयाँ नगद लूटपाट गरेको आरोप छ।

पक्राउ परेका मण्डलसँग ठगी तथा चोरी कसुरमा थप अनुसन्धान भइरहेको एसपी जानकारी दिएका छन् ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्