नेभिगेशन
नेपाल प्रहरी

रोजगारीमा म्यासेडोनिया पठाउने भन्दै १३ लाख रुपैयाँ ठगी गर्ने महिला पक्राउ

काठमाडौं बेरोजगार युवायुवतीहरुलाई प्रलोभनमा पारेर युरोपको म्यासेडोनिया लैजाने भन्दै दुई जनाबाट झण्डै १३ लाख ठगी आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ। 

म्यासेडोनिया पठाउने भन्दै १२ लाख ९१ हजार रुपैयाँ लिएर लामो समयसम्म झुक्यानमा राखेर  सम्पर्कविहीन भएकी खोटाङकी २८ वर्षीया चिना कोयी राईलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो।

अपराध अनुसन्धान कार्यालयको टोलए लुकिछिपी बस्दै आएकी राईलाई काठमाडौं-४ चण्डोलबाट पक्राउ गरेको एसपी काजीकुमार आचार्यले जानकारी दिएका छन् ।

खोटाङको केपीलासगढी गाउँपालिका-७ घर भएर हाल चण्डोलमा लुकेर बसिरहेकी राईलाई पक्राउ गरेर आबश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको एसपी आचार्यले बताए।

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्