नेभिगेशन
नेपाल प्रहरी

कोरिया पठाइदिने भन्दै १६ लाख ठगी गर्ने रुपन्देहीका ओमप्रकाश पक्राउ

काठमाडौं। वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी दक्षिण कोरिया पठाइदिन्छु भन्दै लाखौं रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

उजुरीका आधारमा उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले  रूपन्देहीको सैनामैना नगरपालिका-११ घर भएर हाल काठमाडौं महानगरपालिका-२६ ठमेल बस्दै आएका २९ वर्षीय ओमप्रकाश चौधरीलाई पक्राउ गरेको हो।

पक्राउ परेका ओम प्रकाशले दक्षिण कोरिया पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट १६ लाख ९२ हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्दै पीडितहरूले दिएको उजुरीको आधारमा अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई आइतबार  काठमाडौं ठमेलबाट पक्राउ गरेको हो । 

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्