नेभिगेशन
नेपाल प्रहरी

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं। प्रहरीले बैंकिङ कसुर मुद्दाका एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा दोलखा तामाकोशीस्थित  गाउँपालिका-४ घर भई काठमाडौं महानगरपालिका-१५ चमती बस्ने २८ वर्षीय राम बिक्रम खड्का रहेका छन् 

उच्च अदालत पाटन ललितपुर र जिल्ला अदालत काठमाडौंबाट बैंकिङ कसुर मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं टेकुबाट पक्राउ गरेको हो । 

उनलाई आवश्यक अनुसनधान तथा कारवाहीको लागि प्रहरी वृत्त स्वयम्भू पठाइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्