नेभिगेशन
नेपाल प्रहरी

सर्बिया र हंगेरी पठाउने भन्दै २४ लाख रुपैयाँ ठगी गरेको आरोपमा लामा र भण्डारी पक्राउ

काठमाडौं बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरुमा लैजाने भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

युरोपेली मुलुक सर्बिया र हंगेरी पठाइदिने भन्दै लाखौं रुपैयाँ लिएर लामो समयसम्म झुक्यानमा राखेर विदेश नपठाई सम्पर्क विहीन भएको भन्दै पीडितहरुले दिएको जाहेरीका आधारमा गणेश बहादुर थापा र शान्ती भण्डारीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले काठमाडौंबाट पक्राउ गरेको एसपी काजीकुमार आचार्यले बताए।

एसपी आचार्यका अनुसार पक्राउ परेका लामाले सर्बिया पठाउने भन्दै एक जना पीडितबाट ६ लाख ५० हजार रुपैयाँ र हंगेरी पठाउने भनेर भण्डारीले दुई जनाबाट १७ लाख ५० हजार रुपैयाँ ठगी गरेका थिए। 

काभ्रेको पनौती नगरपालिका-११ घर भएर हाल काठमाण्डौंको  बुद्धनगर बस्दै आएका ७१ वर्षीय लामालाई सोमबार साँझ सिनामंगलबाट पक्राउ गरिएको हो भने नवलपुरको वौदिकाली गाउँपालिका-१ घर भएर हाल काठमाण्डौं टोखा नगरपालिका-८ बानियाटार बस्दै आएकी ४३ वर्षीय भण्डारीलाई आज बानियाटारबाट पक्राउ गरिएको एसपी आचार्यले जानकारी दिएका छन्।

पक्राउ परेका दुबै जनालाई आबश्यक कारबाहीका लागि आज वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको एसपी आचार्यले बताए।

 

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्