काठमाडौं। प्रहरी प्रधान कार्यालयले अवकाश गएका उच्च प्रहरी अधिकृतहरुको बिदाइ गरेको छ। प्रहरी प्रमुख प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवरले प्रहरी सेवाबाट अवकाश भएका प्रहरी अतिरिक्त महानिरीक्षल (एआईजी) किरण बज्राचार्य, भिम प्रसाद ढकाल, केदार ढकाल र भरत बहादुर बोहरा तथा प्रहरी नायव महानिरीक्षक (डीआईजी) विकास राज खनाल र डा.देउती गुरूङको बिदाइ गरेका हुन् ।
मंगलबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच गरिएको बिदाइ समारोहलाई सम्बोधन गर्दै आईजीपी कुँवरले संगठनले सुम्पिएका हरेक जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरी अवकाश भएका उच्च प्रहरी अधिकृतहरूको व्यावसायिकता, संगठन प्रतिको निष्ठा, बहुआयामिक प्रतिभा, लगनशीलता, नैतिकता र इमानदारीताको उच्च प्रशंसा गरेका थिए।
सो अवसरमा कुँवरले अवकाश भएका एआईजी बज्राचार्य, ढकाल, केदार ढकाल , बोहरा र गरेका खनाल र गुरूङलाई मायाको चिनो प्रदान गरेका थिए।
कार्यक्रममा अवकाश भएका एआईजी बज्राचार्य, ढकाल, केदार ढकाल र बोहरा तथा डीआईजी खनाल र गुरूङले आ-आफ्नो सेवा अवधिमा गरेका विभिन्न कार्यहरू स्मरण गर्दै अनुभव सहित मन्तव्य व्यक्त राखेका थिए । सेवा अवधिभर संगठनले सुम्पिएको जिम्मेवारीमा केन्द्रीत भई काम गरेको उल्लेख गर्दै आगामी दिनमा समेत संगठनलाई रचनात्मक सहयोग गर्न आफूहरू तयार रहेको उनीहरुले बताए ।
विसं २०५१ चैत ५ गते प्रहरी निरीक्षक पदमा नियुक्त भई प्रहरी सेवामा प्रवेश गरेका एआईजी बज्राचार्य मंगलबार पुस १६ गते अवकाश भएकी हुन् भने विसं २०५२ भदौ १९ गते प्रहरी निरीक्षक पदबाट प्रहरी सेवामा प्रवेश गरेका एआईजी भिम प्रसाद ढकाल मंसिर २८ गते अवकाश भएका थिए।
त्यसैगरी, विसं २०५१ चैत ५ गते प्रहरी निरीक्षक पदबाट प्रहरी सेवामा प्रवेश गरेका एआईकी केदार ढकाल मंसिर २२ गते र अर्का एआईजी बोहरा पुस १४ गते अवकाश भएका हुन् ।
त्यस्तै विसं २०५१ चैत ५ गते प्रहरी निरीक्षक पदबाट प्रहरी सेवामा प्रवेश गरेका खनाल वैशाख ७ गते र विसं २०५१ पुस १५ गते प्रहरी निरीक्षक पदबाट प्रहरी सेवामा प्रवेश गरेकी डीआईजी गुरूङ पुस १५ गते अवकाश भएकी हुन्