नेभिगेशन
नेपाल प्रहरी

एआईजी टेक तामाङको काठमाडौं उपत्यका प्रहरी कार्यालयमा सरुवा

काठमाडौं काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको प्रमुखमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) टेकबहादुर तामाङको सरुवा भएको छ। 

उपत्यका प्रहरी कार्यालयमा कार्यरत एआईजी किरण बज्राचार्य मंगलबार अवकाश गएपछि रिक्त रहेको प्रमुखमा मन्त्रिपरिषद् बैठक निर्णय गर्दै एआईजी तामाङलाई त्यहा सरुवा गरेको हो।

एआईजी तामाङ यसअघि प्रहरी प्रधान कार्यालयमा रहेको अपराध अनुसन्धान विभागको प्रमुख थिए। अब एआईजी तामाङले काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाको सुरक्षा कमान्ड गर्नेछन् ।

 

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्