नेभिगेशन
नेपाल प्रहरी

प्रहरीका ५ एसएसपीको सरुवा, ललितपुरमा श्यामकृष्ण अधिकारी

काठमाडौँ नेपाल प्रहरीका ५ जना एसएसपीहरूको सरुवा भएको छ ।  प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले गए राति ५ एसएसपीहरूको सरुवा गरेको हो ।

सरुवा अनुसार जिल्ला प्रहरी परिसर ललितपुरमा एसएसपी श्याम कृष्ण अधिकारीको सरुवा भएको छ। उपत्यका ट्राफिक प्रहरी कार्यालयमा विनोद घिमिरे गएका छन् ।  एसएसपी भुपेन्द्रबहादुर खत्रीलाई भरतपुर शिक्षालयमा पठाइएको छ ।

ललितपुर परिसरमा रहेका एसएसपी शेखर खनाललाई काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा सरुवा गरिएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमेन्द्र सिंह राठौरको सरुवा भएको छ ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्