नेभिगेशन
नेपाल प्रहरी

आफ्नै छोराको हत्या गरेको आरोपमा बुवा पक्राउ

सिन्धुली। आफ्नै छोराको हत्या गरेको आरोपमा प्रहरीले बुवालाई पक्राउ गरेको छ। 

सिन्धुलीमा आफ्नै ४९ वर्षीय छिरा माइला भन्ने लिला बहादुर पुर्कोटी सार्की को हत्या गरेको आरोपमा हरिहरपुरगढी गाउँपालिका-३ चपराडाँडा बस्ने ७६ वर्षीय डोमान सिंह सार्कीलाई गए राति प्रहरीले पक्राउ गरेकोहो।

डोमान सिंहले घरायसी विवादको क्रममा गल प्रहार गर्दा गम्भीर घाइते लिला बहादुरको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ

प्रहरीले घटनाका बारेमा थप सम्बन्धमा अनुसन्धान गरिरहेको जानकारी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्