नेभिगेशन
नेपाल प्रहरी

एआईजी गिरीद्वारा दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सुदिप गिरीले सहायक हवल्दारमा बढुवा भएकालाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

प्रहरी प्रधान कार्यालयको पुस १६ गतेको निर्णय अनुसार जनपद प्रहरी समूह तर्फका जवानबाट सहायक हवल्दारमा बढुवा भएका त्यहा कार्यरत ५ जनालाई  आज एआईजी गिरीले दर्ज्यानी चिन्ह लगाएका दिएका हुन्।

प्रहरी प्रशिक्षण प्रतिष्ठानका अनुसार बढुवा भएर दर्ज्यानी चिन्ह लगाउनेमा अनुप लिम्बु, हेम तामाङ, मान बहादुर परियार, सन्तोष हेमरम र अमृता जैशी रहेका छन् ।

दर्ज्यानी चिन्ह प्रदान गर्दै एआईजी गिरीले बढुवा भएका सहायक हवल्दारलाई संगठनले दिएको कार्यलाई इमानदारीसाथ सम्पन्न गर्न निर्देशन दिएका थिए। साथै उनले प्रहरीभित्र अनुशासित भएर काम गर्न पनि निर्देशन दिएका हुन् ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्