नेभिगेशन
नेपाल प्रहरी

लागुऔषध कारोबारीलाई पक्राउ गर्न गएको प्रहरीले खागसहित लियो भारतीय नागरिकलाई नियन्त्रणमा

काठमाडौं । प्रहरीले लागुऔषध कारोबारीलाई पक्राउ पक्राउ गर्न जादा गैंडाको खाग तस्करलाई पक्राउ गरेको छ।

लागु औषधको कारोबार भइरहेको सूचना पाएर गएको प्रहरी टोलीले झापाको मेचीनगर नगरपालिका-६ काँकरभिट्टास्थित हिमालय गेस्ट हाउसबाट लागूऔषध र गैँडाको खाग सहित भारतको वेष्ट बङ्गाल उत्तर मेन्दाबारीका नारायण रामधामलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले गेस्ट हाउसको १०२ नम्बरको कोठा तलासी गर्दा एक थान १ किलो ७ सय ग्राम तौलको गैँडाको खाग, खैरो हेरोइन २ ग्राम ८ सय मिलिग्राम लगायत अन्य प्रतिवन्धित औषधि,डिजिटल तराजु र  २ वटा मोबाइलसहित उनलाई पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

झापा प्रहरीले उक्त घटना बारेमा थ आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्