नेभिगेशन
नेपाल प्रहरी

अपहरण मुद्दामा फरार रहेका भारतीय प्रतिवादी सीमा नाकाबाट पक्राउ

काठमाडौं । प्रहरीले अपहरण तथा शरीर बन्धक मुद्दाका एक भारतीय फरार प्रतिवादीलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारतको बिहार सीतामाढी बसबिट्टा बस्ने २२ वर्षीय सुधीर कोईरी रहेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ। 

रौतहट परोहा नगरपालिका-२ तेजापाकड बस्ने ३० वर्षीय हिरामन महतोलाई २०८० बैशाख ९ गते माधव नारायण नगरपालिका-६ माधोपुरबाट अपहरण गरी भारतमा लगी शरीर बन्धक बनाएर पीडित परिवारसँग फिरौती माग गरेको घटनामा संलग्न रहेर फरार रहेका कोईरीलाई मंगलबार जिल्ला प्रहरी कार्यालय रौतहटले जिल्ला प्रहरी कार्यालय सर्लाहीसँगको समन्वयमा सर्लाहीको सीमा नाकाबाट पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ जानकारी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप नेपाल प्रहरी
एसपी जिसीको ६ महिने कमाण्ड: जघन्य अपराध अनुसन्धानमा फड्को, अपराध नियन्त्रण परिणाममुखी

एसपी जिसीको ६ महिने कमाण्ड: जघन्य अपराध अनुसन्धानमा फड्को, अपराध नियन्त्रण परिणाममुखी

हाल बाँके प्रहरी प्रमुखका रूपमा प्रहरी उपरीक्षक (एसपी) अंगुर जिसीले कमाण्ड सम्हाल्दै आएका छन्। गत असोज ७ गतेदेखि कमाण्ड सम्हालेका एसपी जिसी अनुभवी तथा कुशल अनुसन्धान अधिकृतका रूपमा...