नेभिगेशन
नेपाल प्रहरी

शंकास्पद नम्बर र नयाँ इमेलबाट मेल आउँदा होसियार रहन साइबर ब्यूरोले गरायो सचेत

काठमाडौं । नेपाल प्रहरीको साइबर ब्यूरोले आम जनमानसलाई नयाँ शंकास्पद  नम्बर र नयाँ इमेल आइडीबाट चेतावनीमुलक फोन र  मेसेज (मेल) आउँदा सावधान रहन सचेत गराएको छ। 

साइबर ब्यूरोले त्यसरी आएको फोन उठाउन र त्यस्ता इमेलको विश्वास नगर्न तथा प्रतिक्रिया नदिन आग्रह गरेको छ। अपरिचित व्यक्तिले भनेका तथा अपरिचित इमेलबाट आएका सन्देशको भर पर्दा र प्रतिक्रिया जनाउँदा मानिसहरू ठगिएकाले यसतर्फ विशेष सावधानी अपनाउन साइबर ब्यूरोले सम्बन्धित सबैमा आग्रह गरेको होम

पछिल्लो समयमा साइबर ब्यूरोलगायत नेपाल प्रहरीका विशिष्टीकृत कार्यालयहरू र नेपाल प्रहरीकै उच्च अधिकारीहरूको नाम तथा दर्जा प्रयोग गरी विभिन्न व्यक्तिहरूलाई चेतावनीयुक्त इमेलहरू प्राप्त भएको जस्ता गुनासाहरू नेपाल प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरोमा प्राप्त भएकाले यसतर्फ ब्यूरोको समेत गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

साइबर ब्यूरो लगायत अन्य प्रहरी कार्यालयहरूबाट पठाइएको भनिएका यस्ता इमेलहरू (Hoax) इमेल भएकाले यस प्रकृतिका इमेलहरूको विश्वास नगर्न र कुनै प्रतिक्रिया (No Reply) दिन सबैमा विनम्र अनुरोध गरेको ब्यूरोले जनाएको छ।

यदि त्यस्ता खालका इमेल आएमा प्रहरी कार्यालयमा तुरुन्त खबर गर्न साइबर ब्यूरोले जानकारी गराएको छ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्