काठमाडौं । आफूलाई नेपाली सेनाको अधिकृत भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले रामेछापको मन्थली नगरपालिका-३ घर भएका नक्कली नेपाली सेनाका अधिकृत ३० वर्षीय राजु कार्कीलाई पक्राउ गरेको हो।
अपराध अनुसन्धान कार्यालयका अनुसार कार्कीले आफू नेपाली सेनाको अधिकृत भएको हुँदा आफ्नो जमिन पास गरिदिने भन्दै पीडितका सुन गहना धितो राख्न लगाएर ३ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएका थिए।
पीडितको उजुरीका आधारमा हाल भक्तपुरको मध्यपुर थिमी-४ बस्दै आएका कार्कीलाई पक्राउ गरेको एसपी काजीकुमार आचार्यले जानकारी दिएका छन् ।
पक्राउ परेका कार्कीलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको एसपी आचार्यले बताए ।