नेभिगेशन
नेपाल प्रहरी

चेकिङमा प्रहरीले युवक कुटेको भिडिओ भाइरल बनेपछि....'प्रहरी हेडक्वाटर याक्सनमा'

चितवन । चितवनमा प्रहरीले एक युवकलाई कुटेको घटनाको चौतर्फी आलोचना भएको छ। चितवनमा प्रहरी चेकिङमा प्रहरीले एक युवकलाई कुटेको भिडिओअहिले चौतर्फी भाइरल बनेको छ। घटना पुस १४ गतेदेखि १५ गतेसम्म बाइपासमा भएको बताइएको छ।

प्रहरीले चेकिङमा पावर देखाएको भन्दै ती युवकलाई निर्घात कुटपिट गरेको घटना बाहिरिएपछि अहिले चितवन प्रहरीले छानबिन सुरु गरिसकेको छ।

प्रहरी प्रधान कार्यालय नक्साल याक्सनमा आएर जिल्ला प्रहरी चितवनलाई घटनाबारे सत्यतथ्य बुझेर छानबिन गर्न निर्देशन दिएको प्रहरी प्रवक्ता डीआईजी दिनेश कुमार आचार्यले बताए। प्रहरी प्रधान कार्यालय एक उच्च अधिकृतले भने- "प्रहरीले त्यसरी कोहीमाथि पनि व्यवहार गर्न पाउँदैन, अपराधी नै भए पनि आफ्नो व्यावसायिकता देखाउनुपर्थ्यो।"

त्यस रात प्रहरीको चेकिङमा खटिएका एक  प्रहरीले युवकमाथि बुटले हिर्काएको भिडिओमा देखिएको छ। ती प्रहरीले युवकलाई ‘किन पावर देखाएको’, 'किन फोन गरेको’, भन्दै  निर्घात कुटपिट गरेका थिए। 

ती युवक प्रहरीको कुटाइबाट बच्न अलि पर भाग्न खोज्छन् । तर ती प्रहरी पछि लाग्दै लात्तीले हानेर बिजुलीको पोल छेउमा लडाउँछन् । ती युवक लडिसकेपछि पनि उनले गाली गर्दै लात्ती प्रहार गरिरहेको देखिन्छ ।

यता चितवन प्रहरीले घटना भएको स्थान भेरिफाइ गरिरहेको र भेरिफाइ भइसकेपछि घटनाबारे जानकारी गराउने उनले बताए । घटनाबारे आवश्यक अनुसन्धान गरेर गल्ती गर्नेहरूलाई नियम अनुसार कारबाही प्रक्रिया अगाडि बढाउने जिल्ला प्रहरी चितवनले जनाएको छ ।

उक्त घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय चितवनले छानबिन गर्न डीएसपी ज्ञान बहादुर महतोको नेतृत्वमा कमिटी गठन गरिसकेको जनाएको छ।

 

 

 

 

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्