दाङ । जिल्ला प्रहरी कार्यालय दाङले हराएको मोबाइल फेला पार्दै सम्बन्धित धनीलाई बुझाएको छ।
पुस २८ गते घोराही उपमहानगरपालिका-१५ बाट हराएको मोबाइल फेला पारी जिल्ला प्रहरी दाङ प्रमुख एसपी अर्जुन प्रसाद तिमिल्सिनाले मोबाइल धनी सुनिल थापालाई बुझाएको दाङ प्रहरीले जानकारी दिएको छ।
थापाले मोबाइल हराएको भन्दै दिएको निवेदन पश्चात् खोजतलासका क्रममा दाङ प्रहरीले मोबाइल फेला पारेर थापालाई बुझाएको हो।