नेपालगन्ज । नेपालगन्जबाट प्रहरीले हराएकी एक बालिकाको उद्धार गरेको छ ।जिल्ला प्रहरी कार्यालय बाँकेले सोमबार राति नेपालगन्ज-२ स्थित धम्बोझीबाट बर्दियाबाट हराएकी ११ वर्षीया बालिकालाई फेला पारेको जनाएको छ।
बालिकालाई फेला पारे लगत्तै जिल्लाभित्र र आसपासका जिल्लामा समेत सोधपुछ गर्दा जिल्ला प्रहरी बाँकेले अन्तत: ती बालिका बर्दियाकी रहेको जानकारी पाएको बाँके प्रहरी प्रवक्ता डीएसली आयुष जोशीले बताए ।
डीएसपी जोशीका अनुसार ती बालिकाका बुवा रोजगारीको सिलसिलामा भारतमा रहेको र आमा नभएको अवस्थामा बर्दियास्थित सम्बन्धित स्थानीय तहका जनप्रतिनिधिले जिम्मा लिएर लिएर लैजाने भएका छन् ।
बर्दियाका ती जनप्रतिनिधि आज दिउँसो आए पश्चात् बालिकालाई जिम्मा लगाउने तयारी भएको डीएसपी जोशीले जानकारी दिए।