कपिलवस्तु । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले बलात्कार मुद्दामा ७ वर्ष जेल सजाय तोकिएका एक फरार प्रतिबादीलाई पक्राउ गरेको छ ।
कपिलवस्तु प्रहरीका अनुसार जेल सजाय पाएर फरार रहेका सुद्धोदन गाउँपालिका-२ का सोलिन्द्रर अहिरलाई लुकिछिपी पक्राउ गरिएको हो। उनलाई इलाका प्रहरी कार्यालय पकडीबाट खटिएको प्रहरीले उनी लुकिछिपी बसेको अवस्थामा माघ ७ गते पक्राउ गरेको थियो ।
प्रहरीले मंगलबार अहिरलाई अदालतमा उपस्थित गराएको थियो । अदालतको आदेशले अहिरलाई तोकिएको सजाय भुक्तान गर्नका लागि कारागार चलान गरिएको छ ।
कपिलबस्तुका निमित्त प्रहरी प्रबक्ता प्रहरी निरीक्षक माधव विश्वकर्माका अनुसार उच्च अदालत बुटवल रुपन्देहीले बलात्कार मुद्दामा अहिरलाई २०७८-०९- ०२ गते ७ बर्ष कैद सजायको फैसला सुनाएको थियो । त्यसयता उनी फरार रहँदै आएको कपिलवस्तु प्रहरीले जनाएको छ।