नेभिगेशन
नेपाल प्रहरी

प्रहरीमा जागिर छाड्नेको संख्यामा वृद्धि हुँदै, २ महिनादेखि १५ प्रहरी गैरहाजिर

काठमाडौं नेपाल प्रहरीमा पछिल्लो समयमा जागिर छाड्नेको संख्या झनै वृद्धि हुँदै गरेको छ।

पछिल्लो समयमा जागिर छोड्नेको संख्या हुँदै गर्दा सरकारले तल्लो दर्जालाई १६ वर्षमै पेन्सन पाउने व्यवस्था संसदमा पठाउने निर्णय गरिसक्दा पनि जागिर छोड्नेको संख्यामा कमि भएको आएको छैन।

प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार पछिल्लो २ महिलादेखि प्रहरीका १५ जना जागिरमा आउन छोडेका छन् । प्रहरीका हवल्दारसहित १५ जना २ महिनादेखि  आफूखुशी गैरहाजिर रहेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार गैरहाजिर हुनेमा एक हव, दुई सहायक हवल्दार र अन्य जवान र कार्यालय सहयोगी रहेका छन् ।

उनीहरुलाई प्रहरी प्रधान कार्यालयले ७ दिनभित्र स्पष्टीकरणसहित सम्बन्धित प्रहरी कार्यालय हाजिर हुन निर्देशन दिएको छ। तोकिएको समयमा नआए सेवाबाट बर्खास्त गर्दै भविष्यमा कुनै पनि सरकारी सेवामा अयोग्य ठगर गर्ने सम्मको कारबाही गरिने प्रहरी प्रधान कार्यालयले जनाएको छ।

यस्तो छ गैरहाजिर हुने  प्रहरीको सूची-

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्