काठमाडौँ । प्रहरी प्रधान कार्यालयले १७ जना प्रहरी उपरीक्षक ( एसपी) को सरुवा गरेको छ।
गए राति प्रहरी प्रधान कार्यालयले एसपीहरुको सरुवा गर्दै पर्सामा गौतम मिश्रको सरुवा गरेको छ। बारामा सन्तोष तामाङलाई पठाइएको छ।
प्रहरी प्रधान कार्यालय ३ महिनाअघि चितवन पुगेक एसपी मिश्रलाई पर्सा सरुवा गरेको हो। उनको चितवनबाट पर्सा सरुवा हुँदा प्रहरी प्रमुख आईजीपी बसन्तबहादुर कुँवर माथि टिकाटिप्पणी सुरु भएको छ।