अर्घाखाँची। प्रहरीले भरुवा बन्दुकसहित दुई जनालाई पक्राउ गरेको छ।
अर्घाखाँचीको पाणिनी गाउँपालिका-८ सौराखोलास्थित सामुदायिक जंगलबाट एकनाले भरूवा बन्दुक १ थान, बारूद करिब २ सय ग्राम, छर्रा करिब ७ सय ५० ग्राम, चक्कु १ थान, पिलास १ थान र बन्दुकमा राख्ने क्याप ६ थान सहित २ जना शिकारीलाई आज बिहान प्रहरीले पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।
पक्राउ पर्नेहरूमा पाणिनी गाउँपालिका-८ दाङजा बस्ने ४१ वर्षीय सुरेस कुमाल र २५ वर्षीय कमल कुमाल रहेका छन् । प्रहरी चौकी पालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त हातहतियार सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।