नेभिगेशन
नेपाल प्रहरी

बारा प्रहरीको हिरासतबाट 'थुनुवा' चौधरी फरार

काठमाडौं । अभद्र व्यवहार मुद्दामा प्रहरी हिरासतमा रहेका थुनुवा फरार भएका छन् । जिल्ला प्रहरी कार्यालय बारा मातहत रहेको इलाका प्रहरी कार्यालय जितपुर सिमराको प्रहरी हिरासतबाट महेश चौधरी फरार भएका हुन् ।

माघ ९ गते अभद्र व्यवहार मुद्दामा पक्राउ परेका जितपुर सिमरा नगरपालिका-२ का चौधरी इप्रकाको हिरासतमा फरार भएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ। 

बारा प्रहरीले दिएको जानकारी अनुसार फोहर फाल्न हिरासतबाट बाहिर निस्किएको बेलामा चौधरी फरार भएका थिए।

फरार भएका चौधरीको खोजतलास तीब्र पारिएको र उनको खोजीमा सीमा नाका लगायत सम्भावित स्थानमा सादा पोशाकमा प्रहरी परिचालन गरिएको बारा प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप नेपाल प्रहरी
एसपी जिसीको ६ महिने कमाण्ड: जघन्य अपराध अनुसन्धानमा फड्को, अपराध नियन्त्रण परिणाममुखी

एसपी जिसीको ६ महिने कमाण्ड: जघन्य अपराध अनुसन्धानमा फड्को, अपराध नियन्त्रण परिणाममुखी

हाल बाँके प्रहरी प्रमुखका रूपमा प्रहरी उपरीक्षक (एसपी) अंगुर जिसीले कमाण्ड सम्हाल्दै आएका छन्। गत असोज ७ गतेदेखि कमाण्ड सम्हालेका एसपी जिसी अनुभवी तथा कुशल अनुसन्धान अधिकृतका रूपमा...