रामपुर(पाल्पा)। पाल्पाको रामपुरमा प्रहरीले ठुलो परिमाणमा अवैध घरेलु मदिरा नष्ट गरेको छ।
जिल्लास्थित इलाका प्रहरी कार्यालय रामपुरले चेकजाँचका क्रममा बरामद गरेको २ सय ७० लिटर घरेलु मदिरा नष्ट गरेको इलाका प्रहरी प्रमुख प्रहरी निरीक्षक रामबहादुर नेपालीले जानकारी दिएका छन् ।
प्रहरी निरीक्षक नेपालीका अनुसार उक्त मदिरा निस्दी गाउँपालिका-१ बेलडाँडामा चेकजाँचका क्रममा तानसेनबाट रामपुर तर्फ आउँदै गरेको लु १ ख ८३६४ नम्बरको यात्रुवाहक बसमा उक्त २ सय ७० लिटर घरेलु मदिरा बरामद गरिएको थियो।
बरामद गरिएको ४० हजार रुपैयाँ बराबरको मदिरालाई आज इलाका प्रहरी कार्यालय परिसरमा इलाका प्रशासन कार्यालयका प्रतिनिधि गणेश बहादुर कार्की, रामपुर नगरपालिका-५ का वडाध्यक्ष दुर्गा प्रसाद पोखरेलको रोहवरमामा नष्ट गरिएको प्रहरी निरीक्षक नेपालीले बताए।
मदिरा नष्ट कार्यक्रममा अन्य सरकारी निकायमा प्रतिनिधि,ट्राफिक प्रहरी , पत्रकार, स्थानीय लगायत अन्यको उपस्थिति रहेको थियो।