रुपन्देही । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले हराएका र चोरी भएका दुई पाङ्ग्रे सवारीसाधन र इ-रिक्साको विवरण सार्वजनिक गरेको छ।
रुपन्देही प्रहरीले विभिन्न समयदेखि हराएका तथा चोरी भएका २ सय ७० वटा मोटरसाइकल, स्कुटर र इ-रिक्साको सबै विवरण सार्वजनिक गर्दै फेला पारे र कसैले चढेको देखेमा जिल्ला प्रहरी रुपन्देही वा सम्बन्धित सवारीधनीहरुलाई खबर गरिदिन आग्रह गरेको छ।
प्रहरीले उल्लेख गरिएका सवारीसाधन २०८१ असार महिनादेखि माघ महिनासम्म हराएका थिए।
रुपन्देही प्रहरीले ती सवारीसाधनलाई फेला पारेमा प्रा कन्ट्रोल-१००, ९८५७०९०६२२ र ९८५७०४९३४२ खबर गरिदिन पनि सम्बन्धित सबैमा आग्रह गरेको छ।