प्युठान। प्युठानमा९ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा जिल्लाको ऐरावती गाउँपालिका-५ बालबिसौना बस्ने ३३ वर्षीय कमल नेपाली रहेका छन् ।
प्रहरीका अनुसार कमलले ती बालिकालाई बलात्कार गरेको उजुरीका आधारमा प्रहरी चौकी बरौलाबाट खटिएको प्रहरीले उनलाई मंगलबार दिउँसो पक्राउ गरेको हो । साथै घटनामा संलग्न शंकास्पद थप १ जनालाई प्रहरीले आवश्यक अनुसन्धानको लागि नियन्त्रणमा लिएको जनाएको छ।
यस सम्बन्धमा प्युठान प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ।