कपिलवस्तु । भारत लैजान लागिएको १ किलो बढी चरेससहित प्रहरीले एक महिलालाई पक्राउ गरेको छ।
कपिलवस्तु प्रहरीले भारतस्थित उत्तरप्रदेश बस्दै आएकी ३० वर्षीय सरस्वती बिकलाई १ किलो २५ ग्राम चरेससहित पक्राउ गरेको जानकारी दिएको छ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार सरस्वतीलाई कृष्णनगर नगरपालिका-३ हुँदै पैदलमार्ग भएर भारत लैजान लागिएको उक्त चरेससहित पक्राउ गरेको हो।
पक्राउ परेकी सरस्वतीलाई म्याद थप गरेर लागुऔषध कसुरमा थप अनुसन्धान गरिरहेको कपिलवस्तु प्रहरीले जानकारी दिएको छ।
This feature is an add-on feature and can be implemented for additional fees.
Please contact admin@softnep.com