काठमाडौं। अवैध रूपमा लुकाईछिपाई भन्सार छली गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिर ल्याउन लागिएको सुनसहित प्रहरीले एक महिलालाई पक्राउ गरेको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरीले १६ वटा सुनको रीङ १६ थान,५ वटा सुनको टुक्रा ,एउटा सुनको सिक्री, एउटा सुनको औंठी र एक थान सुनको बाला सहित काठमाडौं महानगरपालिका-१५ स्वयम्भुकी ५८ वर्षीया मैयाँ तामाङ गुरुङलाई पक्राउ गरेको हो।
थाई एयरको उडानद्वारा बैङककबाट काठमाडौं आएकी गुरूङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको आगमन टनेल गेट नजिकबाट पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।
सुनसहित पक्राउ परेकी गुरुङलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त गौशाला पठाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।