नेभिगेशन
नेपाल प्रहरी

प्रहरीको फेक इमेल बनाएर ठगी गरेको आरोपमा दुई युवक सीआईबीको नियन्त्रणमा

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)नक्कली (फेक) इमेल बनाएर ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सुनसरीको देवानगन्ज गाउँपालिका-७ का २० वर्षीय मनिष कुमार मेहता र रसोही गाउँपालिका-१ का २१ वर्षीय ईन्द्रजित यादव रहेका छन् ।

सीआईबीका अनुसार उनीहरुले सीआईबी लगायत प्रहरी कार्यालयको इमेल बनाएर लोगो र उच्च प्रहरी अधिकृतहरुको नाम र पद दुरुपयोग गरेर ठगी गरेको पाइएको हो।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय सुनसरीको सहयोगमा सीआईबीले पक्राउ गरेको जानकारी दिएको छ।

सीआईबीले उनीहरुसँग थप अनुसन्धान गर्नका लागि जिल्ला अदालत काठमाडौंबाट ७ दिनको म्याद थप गरेको जनाएको छ।

 

 

 

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्