नेभिगेशन
नेपाल प्रहरी

नेपालगन्जबाट चोरी भएको मोटरसाइकल प्रहरीले फेला पार्‍यो

नेपालगन्ज । नेपालगन्जबाट चोरी भएको साइन कम्पनीको मोटरसाइकल फेला पारी प्रहरीले सवारी धनीलाई बुझाएको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेले फागुन १४ गते साँझ नेपालगन्ज-१ धम्बोझी चोकबाट चोरी भएको  भे. ५ प ७८३५ नम्बरको होण्डा साइन मोटरसाइकल फेला पारेर सम्बन्धित सवारी धनीलाई बुझाएको जनाएको छ।

जिल्ला प्रहरी बाँकेले आज मोटरसाइकलको कागजात जाँच गर्दै आबश्यक प्रक्रिया पूरा गरेर मोटरसाइकल बुझाएको हो। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्